top
ImageKhabar
मंगलवार, 13 जेष्ठ, 2077 Tuesday, May 26, 2020

ImageKhabar Archive

कृष्णप्रसादको नाम हटाएर विवेक गुमाउदिन: संचारमन्त्री  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  11:52 AM  |  Viewed: 1184 times

काठमाडौं, माघ १३ । सुचना तथा संचारमन्त्री शेरधन राईले कृष्णप्रासाद भट्टराई आमसंचार प्रशिक्षण प्रतिष्ठानबाट कृष्ण प्रसाद भट्टराईको नाम हटाउने मन्त्रालयले कुनै गृहकार्य नगरेको स्पष्ट पारेका छन् ।

भट्टराई नाम हटाउन नहुने भन्दै आज संचार मन्त्रालयमा मन्त्री राईको ध्यानाकर्षण गराउन पुगेका नेपाल प्रेस युनियनका केन्द्रीय नेतृत्वसंगको छलफलमा मन्त्री राईले सन्त नेता भट्टराईको नाम हटाउने बारेको निर्णय आफुले विवेक गुमाएर नगर्ने बताए ।

उनले भट्टराई नामको विषयमा सामान्य विवाद उठेपनि आफुले नाम नै परिवर्तन गर्ने गरी नसोचेको भन्दै यस बारे उठेको विवाद समाधान सकभर पत्रकारहरु आबद्ध संघ संस्थाबाटै र नभए राजनीतिक तहबाट समाधान निकानलिने भन्दै सबै पक्षको सहमति बिना नयां निर्णय नगरिने बताए ।

उनले कृष्णप्रसाद भट्टराई आमसंचार प्रशिक्षण प्रतिष्ठान गठन भने जतिसक्दो चांडो गर्ने पक्षमा आफु रहेको पनि प्रष्ट पारे । अघिल्लो सरकारले नेपाल पत्रकार महासंघका संस्थापक सभापतिको ह्रैसियतमा स्वर्गिय कृष्णप्रसाद भट्टाइको नाम आमसंचार प्रशिक्षण प्रतिष्ठानमा राख्ने गरी बजेटमा नै यस बारे उल्लेख गरेर प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell