top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

आगलागीबाट एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  12:03 PM  |  Viewed: 692 times

बैतडी, माघ १३ । बझाङको जयपृथ्वी नगरपालिका वडा नं ३ को एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय देवल निवासी ४६ वर्षीया प्रेमबहादुर खड्का रहेका छन् ।

गएराति १०ः३० बजेतिर आफ्नै तीनतले कच्ची घरमा आगो लाग्दा खड्काको घटनास्थलमा नै जलेर मृत्यु भएको हो ।

उनकी ४३ वर्षीया श्रीमती उजेली खड्का र २४ वर्षीया बुहारी गीता खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख देवेन्द्रकुमार मल्लले जानकारी दिए । अत्यधिक मादकपदार्थ सेवन गरी चुरोट सेवन गरिरहेका बेला घरमा आगो सल्केको बताइएको छ ।

घाइतेको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ । करिब दुई घन्टापछि आगो नियन्त्रणमा आए पनि आगलागीबाट करिब रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell