top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

स्थानीय चुनावका लागि तयारी भइरहेको छ : मन्त्री थापा  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  3:42 PM  |  Viewed: 531 times

बिराटनगर, माघ १३ । उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायको चुनावका लागि सरकारले तयारी थालिसकेको दावी गरेका छन् ।

विराटनगरमा पूर्वाञ्चलका १६ जिल्ला र ५२ नगरपालिकाको अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री थापाले सरकारले स्थानीय निकायको चुनावका लागि राजनीतिक परामर्श गरिरहेको बताए ।

style="text-align: justify;">सरकार र सत्तारुढ पार्टी चुनावका लागि तयार भइसकेकाले प्रमुख प्रतिपक्षी र अरु दलसँग छलफल गरी मिति तोकिने दावी उनले दावी गरे ।

स्थानीय निकायले चाँडै नै जनप्रतिनिधि पाउने भन्दै उनले जिम्मेवारी हस्तान्तरण गर्न तयार हुन स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतहरूलाई निर्देशन दिए ।

कार्यक्रममा पूर्वाञ्चलका स्थानीय विकास अधिकारी, प्राविधिक कार्यालयका प्रमुख, नगरपालिकाका कार्यकारी प्रमुखहरुको सहभागिता छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell