top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने मुलुक  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  12:40 PM  |  Viewed: 4754 times

लन्डन, माघ १३ । भ्रष्टाचारको मामलामा नेपालको अवस्था गम्भीर रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । भ्रष्टाचारबारे अनुगमन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ ले जारी गरेको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रणको सवालमा नेपालको अवस्था विगत तीन वर्ष यता लगातार खस्किएको हो ।

भ्रष्टाचार नियन्त्रणमा सफलताको आधारमा दिइएको अंक अनुसार जारी प्रतिवेदनमा नेपाल १३० औं नम्बरमा छ । नेपालले २७ अंकका साथ उक्त स्थान ओगटेको हो । जबकी विश्वकै कम भ्रष्टाचार हुने राष्ट्र ठहरिएको डेनमार्कले ९१ अंक हासिल गरेको छ । यद्यपी अघिल्लो वर्षको तुलनामा डेनमार्कले १ नम्बर कम पाएको छ । सन् २०१४ मा डेनमार्क ९२ अंकसहित पहिलो नम्बरमा थियो । सन् २०१५ मा पनि पहिलो नम्बर मै रहे पनि उसको अंक घटेको हो ।

भ्रष्टाचारको मामलामा सोमालिया र उत्तर कोरियाले सबैलाई उछिनेका छन् । सूचीको पुछार अर्थात् १६७ औं नम्बरमा रहेको दुबै मुलुकले समान ८ अंक हासिल गरेका छन् । पछिल्ला वर्ष यी दुबै मुलुकको अंकमा कुनै सुधार नआएको हो ।

१६६ औं स्थानमा रहेको अफगानिस्तानले भने सन् २०१३ को तुलनामा सन् २०१४ मा केही सुधार गरे पनि सन् २०१५ मा खास प्रगति गर्न सकेन । सन् २०१३ मा ८ अंक पाएको उसले सन् २०१४ मा १२ अंक पाएको थियो तर सन् २०१५ मा उसले ११ अंक हासिल गरेको छ ।

१३० औं नम्बरमा नेपालसँगै इरान, क्यामरुन, निकारागुवा, पाराग्वे र युक्रेन रहेका छन् ।

सूचीको शीर्ष १० मुलुकमा डेनमार्क, फिनल्याण्ड, स्वीडेन, न्यूजिल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, सिंगापुर, क्यानाडा र जर्मनी रहेका छन् । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell