top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

सरकारको काम प्रभावकारी नभएको एमाओवादीको निष्कर्ष  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  3:04 PM  |  Viewed: 916 times

काठमाडौं, माघ १३ । एकीकृत माओवादीले सरकारको काम कारवाहि प्रभावकारी नभएको निष्कर्ष निकालेको छ ।

एमाओवादी स्थायी कमिटीको आज ठमेलको एक होटलमा बसेको बैंठकमा नेताहरुले सरकार र एमाओवादीबाट मन्त्रीभएकाहरुले जनताको चाहना बमोजिम काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

उनीहरुबीच सरकाबाट बाहिरीने वा यहि सरकारलाई निरन्तरता दिने भन्ने बिषयमा विवाद भएको थियो । केहि नेताहरुले सरकारले कालोबजारी रोक्न नसकेको भ्रष्टचार बढेको र जनताको काम गर्न नसकेकोमा असन्तुष्टि जनाएका थिए ।

बैंठक पछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारको कामकारवाहिलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताए । उनले पार्टीका गतिविधिलाई थप गतिशिल बनाउने बिषयमा पनि छलफल भएको बताए ।

बैंठकमा अधिकाशं नेताहरुले जनतामा निराशा बढ्दै गएको र सरकारका कारणले पार्टीलाई बद्नाम भएको भन्दै सरकारबाट फिर्ता हुन सुझाव दिएका थिए । नेताहरुको धारणा राख्ने क्रम जारी रहेकाले बैंठक बिहीबार बिहान पुनः बस्ने छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell