इलाममा कांग्रेस सभापतिका लागि पाँचजनाको दाबी | Politics | Image Khabar  top
ImageKhabar
शनिबार, 2 भदौ, 2075 Saturday, August 18, 2018

ImageKhabar Archive

इलाममा कांग्रेस सभापतिका लागि पाँचजनाको दाबी  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  1:30 PM  |  Viewed: 1448 times

इलाम, माघ १३ । नेपाली कांग्रेसको आशन्न १३औँ महाधिवेशन नजिकिँदै जाँदा इलाममा पनि चुनावी माहोल तातिँदै गएको छ । जिल्ला सभापतिका लागि पूर्वसभापति तथा महासमिति सदस्य हिमालय कर्माचार्य, होम दुलाल, भेषराज आचार्य, वर्तमान कोषाध्यक्ष डम्बर खड्का र बेनुपराज प्रसाईंले उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्ला, क्षेत्रीय सभापति तथा विभिन्न पदमा उम्मेदवार घोषणा गरी नेता गाउँगाउँका क्रियाशील कार्यकर्तालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

क्षेत्रीय सभापतिमा क्षेत्र नं १ मा दुर्गा बराल र मोहन श्रेष्ठको नाम चर्चामा छ । क्षेत्रीय सभापतिमा भीष्म प्रधान तथा मिलन क्षेत्रीको समेत चर्चा रहेको छ ।

क्षेत्र नं २ मा सभापतिका लागि वर्तमान अध्यक्ष गोविन्द गिरी, मेघप्रसाद चम्लागार्इं र तिलविक्रम सम्वाहाम्फेको नाम चर्चामा छ ।

क्षेत्र नं ३ मा सभापतिका लागि नुतनदेव दुलाल, गोविन्द पौडेल, ईश्वर चिपालु, माधव बस्नेत, रमेश सुवेदी, निरोज खड्गीको नाम चर्चामा रहेको छ ।

इलाम नगरपालिकामा निर्मल राउत, होम बस्नेत र सन्दीप बुढाथोकीको नाम चर्चामा छ । सूर्योदय नगरपालिकामा सोनामकाजी र मणि गुरुङ र देउमाई नगरपालिकामा दिलीप कार्की, कृष्णप्रसाद बराल, पुष्प आचार्य, राजेन्द्र बास्तोला र तारा ढुङ्गानाको नाम चर्चामा छ ।

यतिबेला इलामका ठूला होटलदेखि चिया पसल हुँदै गाउँदेखि चोकसम्म नेपाली काँग्रेसकै अधिवेशन र महाधिवेशनको चर्चा चलिरहेको छ । गाउँस्तरमा समेत चुनावको प्रक्रिया अघि बढेपछि चर्चा चुलिएको हो । कतिपय गाउँ तथा नगरपालिकामा बढी नै व्यक्ति आङ्काक्षी भएकाले गर्दा सभापतिमा मिलाउन जिल्ला नेतालाई धौधौ परिरहेको छ ।

पद सुरक्षित गर्न नेता गाउँगाउँमा गएर अन्तर्क्रिया र छलफलमा व्यस्त भएका छन् । कांग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानी काठमाडौँमा हुँदैछ । गाउँ र नगर माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न हुनेछ । निर्वाचन गराउन निर्वाचन अधिकृतसमेत जिल्ला आइपुग्नुभएको छ ।

गाउँ, नगरस्तरका अधिवेशनका लागि जिल्लामा निर्वाचनको माहोल तातेको छ । अन्य गुटका कार्यकर्तालाई समेत आ–आफ्नो पक्षमा हात लिनसमेत नेता लागिपरेका छन् । जिल्लामा करिब ७०० प्रतिनिधि आएका नेपाली कांग्रेस इलामले जनाएको छ ।

गाउँ कार्यसमितिबाट खुला पाँच, क्रियाशीलताका आधारमा महिला तीन, जनजाति एक, दलित एक, अल्पसङ्ख्यक र अपाङ्गता भएकाबाट एक र सभापति एक गरेर १२ जना आउनेछन् । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell