top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

आहा रारा गोल्डकपमा सेमिफाइनलका खेलहरु सुरु  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  1:47 PM  |  Viewed: 1367 times

पोखरा, माघ १३ । पोखरामा जारी १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजदेखि हुँदैछन् । पोखरा रंगशालामा आज हुने पहिलो सेमिफाइनलमा आयोजक सहारा क्लवले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

क्वाटरफाइनलमा भारतको सिक्कीम युनाईटेड फुटबल क्लवलाई २–० ले हराउँदै सहारा क्लव सेमिफाइनलमा पुगेको थियो । यसैगरी ए डिभिजनको प्रतिद्वन्द्वी थ्रिस्टार क्लबलाई १–० ले हराउँदै आर्मी क्लब अन्तिम चारमा पुगेको हो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि मनाङ मस्र्याग्दी क्लबले झापा एघारसँग खेल्नेछ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै झापा एघार सेमिफाइनलमा प्रवेश गरेको हो ।

झापा एघारलाई विजयी गराउन कर्ण लिम्बुले दुई गोल गरे भने गणेश खड्का र नगेन्द्र लिम्बुले एक एक गोल गरे ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell