top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

चाबहिलको गंगाहिटीमा नयाँ दमकल स्टेसन बन्ने  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  2:53 PM  |  Viewed: 560 times

काठमाडौं, माघ १३ । इटालीको सहयोगमा काठमाडौंको चाबहिलस्थित गंगाहिटीमा दुई करोड रुपैयाँको लगानीमा दमकल स्टेसन बन्ने भएको छ ।

इटालीमा रहेको बोजेन बोल्जानो सहरको सहयोगमा निर्माण हुन लागेको दमकल स्टेसन कसरी बनाउने भन्ने नक्सासमेत इटालीबाट जुद्ध बारुणयन्त्र काठमाडौंलाई पठाइसकेको बारुणयन्त्रका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए ।

/>उनका अनुसार निर्माण हुन लागेको सो स्टेसन दुई तलाको रहनेछ भने भुइँतलामा दमकल र अग्नि नियन्त्रणका सामान राखिनेछन् ।

त्यसैगरी, दोस्रो तलामा अग्नि नियन्त्रक र स्टेसनका अन्य कर्मचारी रहने बताइएको छ ।

काठमाडौं उपत्यकामा हाल तीन जिल्लामा गरी तीनओटा मात्र दमकल स्टेसन रहेका छन् ।

उपत्यकाको बढ्दो सहरीकरणलाई हेर्दा सो संख्या अत्यन्तै कम भएकाले हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै सो स्टेसन निर्माण गर्न लागिएको हो ।

योमात्रै नभइ हाल दमकल स्टेसन रहेको धर्मपथमा पनि अमेरिकाको सहयोगमा झन्डै १० करोड रुपैयाँको लगानीमा अर्को दमकल स्टेसन बन्ने तयारी रहेको पनि बताइएको छ ।

अहिलेसम्मको तयारीलाई हेर्ने हो भने चाबहिलस्थित गंगाहिटीमा छिटो बन्ने देखिन्छ भने धर्मपथमा केही समय लाग्ने सम्भावना रहेको छ । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell