top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

तीन वर्षभित्र देशलाई अन्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  4:02 PM  |  Viewed: 1883 times

काठमाडौं, माघ १३ । पशुपंक्षी विकास मन्त्रालयले तीन वर्षभित्र नेपाललाई अन्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको छ ।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी अन्डामा एक वर्ष, मासुमा दुई वर्ष र दूधमा तीन वर्षभित्र आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको हो ।

मन्त्रालयले पशुपंक्षी र पशुजन्य पदार्थको खरिद–बिक्री, बजारभाउ र गुणस्तरको जाँच अनुगमन गरी व्यवस्थित गर्ने कार्यविधि पनि लागू गर्ने जनाएको छ ।

साथै, एक जिल्ला एक घाँसेबाली स्रोत केन्द्र स्थापना गर्ने र विभिन्न जिल्लाहरुमा हुँदै आएको ‘मिल्क होलिडे’को अवस्थालाई अन्त्य गर्ने योजनासमेत मन्त्रालयले अघि सारेको छ ।

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell