‘नेपालमा भ्रष्टाचार बढ्यो’, सूचकांकमा १३०औं स्थानमा | Published: January 28, 2016 | बिहीवार 14 माघ, 2072 | 8:03 AM | Viewed: 1290 times
काठमाडौं, माघ १३ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको पछिल्लो भ्रष्टाचार सूचकांकले नेपालमा भ्रष्टाचार बढेको देखाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सूचकांकअनुसार नेपाल गत वर्षभन्दा दुई स्कोर कम पाएर भ्रष्टाचार बढी हुने देशको १ सय ३०औं स्थानमा पुगेको हो ।
सो अवसरमा
टीआइ नेपालका अध्यक्ष भरतबहादुर थापाले नेपालमा पदको दुरुपयोग गर्ने अधिकारीहरुमाथि कारबाही कम भएको, भ्रष्टाचार नियन्त्रण प्रभावकारी नभएको, राज्यका प्रमुख अंगका अधिकारीहरुबाट पदको दुरुपयोग हुने गरेको पाइएको बताए ।
सूचकांकअनुसार विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा उत्तर कोरिया र सोमालिया रहेका छन् ।
कुल १ सय ६८ देशको भ्रष्टाचार अवधारणा सूचकांकमा भारत ७६औं स्थानमा, चीन र श्रीलंका ८३औं, पाकिस्तान ११७ औं र बंगलादेश १ सय ३९औं स्थानमा रहेका छन् ।