top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

‘नेपालमा भ्रष्टाचार बढ्यो’, सूचकांकमा १३०औं स्थानमा  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  8:03 AM  |  Viewed: 1290 times

काठमाडौं, माघ १३ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको पछिल्लो भ्रष्टाचार सूचकांकले नेपालमा भ्रष्टाचार बढेको देखाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सूचकांकअनुसार नेपाल गत वर्षभन्दा दुई स्कोर कम पाएर भ्रष्टाचार बढी हुने देशको १ सय ३०औं स्थानमा पुगेको हो ।

सो अवसरमा टीआइ नेपालका अध्यक्ष भरतबहादुर थापाले नेपालमा पदको दुरुपयोग गर्ने अधिकारीहरुमाथि कारबाही कम भएको, भ्रष्टाचार नियन्त्रण प्रभावकारी नभएको, राज्यका प्रमुख अंगका अधिकारीहरुबाट पदको दुरुपयोग हुने गरेको पाइएको बताए ।

सूचकांकअनुसार विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा उत्तर कोरिया र सोमालिया रहेका छन् ।

कुल १ सय ६८ देशको भ्रष्टाचार अवधारणा सूचकांकमा भारत ७६औं स्थानमा, चीन र श्रीलंका ८३औं, पाकिस्तान ११७ औं र बंगलादेश १ सय ३९औं स्थानमा रहेका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell