सिन्धुपाल्चोक–घोर्थलीका थामी समुदायको बिचल्ली (भिडियोसहित) प्रतीक लामिछाने (इमेज) | Published: January 28, 2016 | बिहीवार 14 माघ, 2072 | 10:45 AM | Viewed: 557 times
घोर्थली (सिन्धुपाल्चोक), माघ १३ । गत वैशाख १२ को शक्तिशाली भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला हो सिन्धुपाल्चोक ।
भूकम्पबाट जिल्लामा मानवीय क्षति त भयो नै त्योसँगै जिल्लाका धेरैजसो भौतिक संरचना ध्वस्त बने ।
भूकम्प गएको नौ महिना बित्दा पनि जिल्लाका अरु गाविसका तुलनामा विकट यस गाविसका सर्वसाधारणको दैनिकी आजपनि अत्यन्त
कस्टकररुपमा बितिरहेको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे बजारबाट करिब २० किलोमिटर कच्चीबाटोको यात्रापछि पुगिने विकट घोर्थलीका जनता भूकम्प गएको नौ महिना बित्दा पनि खुला आकाशमुनि त्रिपाल, मान्द्रो, भकारी, टिनको सहारामा ठड्याइएको अस्थायी टहरोमै रात गुजार्न बाध्य छन् ।
विकट हिमाली क्षेत्र, अनि पुस माघको मुटु कमाउने जाडो । भूकम्पमा आफ्नो परिवार र आफन्त गुमाएका यहाँका आदिवासी थामी जातिको आँखा अहिले पनि राज्यले दिने भनेका राहत र आर्थिक प्याकेजतर्फ नै सोझिएका छन् ।
तर, राज्यले १५ हजार रुपैयाँ नगदबाहेक नौ महिनामा केही नदिएको गुनासो उनीहरुको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।