top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

बंगलादेशको विजयी सुरुआत, दक्षिण अफ्रिका हार्दा स्मिथको शतक खेर  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  4:21 PM  |  Viewed: 5044 times

काठमाडौं, माघ १३ । बंगलादेशमा सुरु भएको यु–१९ विश्वकप क्रिकेटमा आयोजक टिमले विजयी सुरुआत गरेको छ ।

बुधबार चट्गाउँमा भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ४३ रनले हरायो ।

पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षतिमा २ सय ४० रन बनायो । नजमुल हुसेन शान्तोले ७३ रन बनाएको इनिङमा दक्षिण अफ्रिकाका विआन मुल्दरले ३ विकेट लिए

जवाफमा दक्षिण अफ्रिकाले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ९७ रनमात्र बनाउन सक्यो ।

प्रारम्भिक ब्याट्सम्यान लियाम स्मिथले शतक बनाएर पनि टिमलाई भने जिताउन सकेनन् ।

दक्षिण अफ्रिकाका सात खेलाडीले दोहोरो अंकसमेत जोड्न नसकेको इनिङमा बंगालदेशका मेहेदी हसन मिराज र मोहम्मद साइफुद्दिनले समान ३–३ विकेट लिए ।

यता, नेपालले भने पहिलो खेलमा बिहीबार न्यूजिल्यान्डसँग खेल्दैछ । समूह ‘डी’मा रहेको नेपालको समूहमा न्यूजिल्यान्डसँगै भारत र आयरल्यान्ड रहेका छन् ।

तस्वीरः एजेन्सी

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell