top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive

दिल्लीबाट काठमाडौं आउन लागेका दुईओटा विमानमा फेरि बमको हल्ला  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  5:23 PM  |  Viewed: 2384 times

काठमाडौं, माघ १३ । भारतको नयाँ दिल्लीबाट बुधबार काठमाडौं आउन लागेका दुईओटा विमानमा ‘बम रहेको धम्की’पछि उडान रोकिएको छ ।

दिल्लीबाट काठमाडौं आउन लागेको एअर इन्डियाको ‘एआइ२१५’ र जेट एअरवेजको ‘९डब्लु२६०’ विमानमा बम भएको फोनमार्फत् धम्की आएपछि विमानलाई दिल्लीको आइजीआइ विमानस्थलमै रोकिएको हो ।

/>उक्त विमानस्थलबाट ती दुई विमानले काठमाडौं उडान भर्न लागेका थिए । सोही समयमा एक अज्ञात व्यक्तिले फोन गरेर ती दुबै विमानमा बम भएको बताएपछि उडान रोकिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

बमको हल्लालगत्तै दुबै विमानबाट चालक दलका सदस्य र यात्रुलाई बाहिर निकालेर सुरक्षाकर्मीहरुले खानतलासी गरिरहेको जनाइएको छ । छानबिनपछि दुबै विमानलाई उडान अनुमति दिइने छ । जेट एअरवेजमा १२२ यात्री सवार थिए ।

गत सोमबार पनि दिल्लीबाट काठमाडौं आउन लागेको ‘स्पाइस जेट’ विमानमा बम भएको हल्ला चलेको थियो । त्यसपछि सो विमान विमानस्थलमै रोकेर खानतलासी गर्दा केही नभेटिएपछि काठमाडौंतर्फ उडेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell