अन्तिम समयमा आयोजक जिल्ल ! आर्मी फाइनलमा | Sports News | Image Khabar  top
ImageKhabar
शनिबार, 2 भदौ, 2075 Saturday, August 18, 2018

ImageKhabar Archive

अन्तिम समयमा आयोजक जिल्ल ! आर्मी फाइनलमा  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  6:33 PM  |  Viewed: 5082 times

पोखरा, माघ १३ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै आर्मीले फाइनलमा ठाउँ पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबैतर्फ गोल नभएपछि थपिएको २० मिनेटको समयमा सन्तोष तामाङ र दीप लामाले गोल गर्दै आर्मीलाई जिताए ।

क्वार्टरफाइनलमा भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई हराउँदै सहारा तथा थ्रीस्टार क्लबलाई हराउँदै आर्मी अन्तिम चारमा पुगेका थिए ।

दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिहीबार मनाङ–मर्स्याङ्दी क्लबले झापा–११ सँग खेल्नेछ ।

क्वार्टरफाइनलमा भारतको गोर्खा ब्रिगेडलाई हराएर मनाङ तथा बंगलादेशी क्लबलाई हराउँदै झापा सेमिफाइनलमा पुगेको हो ।  

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell