top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

संविधान संशोधनको राष्ट्रसंघद्वारा स्वागत्  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  6:01 PM  |  Viewed: 536 times

काठमाडौं, माघ १३ । संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले संवैधानिक प्रावधानका मतभिन्नता समाधानका लागि संविधान संशोधनको संसदीय कारबाहीलाई महत्वपूर्ण कदम भन्दै त्यसको स्वागत् गरेका छन् ।

उनले वार्ताको माध्यमबाट बाँकी रहेका समस्या अधिकतम लचिलो भइ निरुपण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

वर्तमान सकारात्मक प्रगतिले नेपालका सीमा नाकाबाट आपूर्ति सामान्य तुल्याउन तथा पुनःनिर्माणको अति महत्वपूर्ण काम र अन्य अत्यावश्यकीय कार्यमा ध्यान पुनः केन्द्रित गर्न सहयोग पुग्ने आशा महासचिव बानले व्यक्त गरेको काठमाडौंस्थित राष्ट्रसंघीय सूचना केन्द्रले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

संयमता र अहिंसाका साथ शान्तिपूर्ण वार्ता र समावेशी प्रजातान्त्रिक प्रक्रियामा आफ्ना प्रयासहरु अझ अधिक तुल्याउन उनले सम्बद्ध सबै पक्षलाई आह्वान गरेका छन् । रासस

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell