top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

२३१ भूकम्पपीडित परिवारलाई ब्ल्यांकेट वितरण  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  6:23 PM  |  Viewed: 231 times

काठमाडौं, माघ १३ । धर्मशान्ति नेपालले काठमाडौं र ललितपुरका भूकम्पपीडितहरुलाई बुधबार राहत वितरण गरेको छ ।

भूकम्पले क्षति पुर्‍याएको ललितपुरको गोदावरी नगरपालिका तथा काठमाडौंको गोलढुंगाका भूकम्पपीडितहरुलाई धर्मशान्ति नेपालले राहत वितरण गरेको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित गोलढुंगा, नाखन्डोल, लोलाङ र वैखुका विपन्न वर्गका महिलाहरुका लागि ब्ल्यांकेट वितरण गरिएको थियो ।

भूकम्पले ५ सयभन्दा बढी घरमा क्षति पुर्‍याएको सो क्षेत्रका १ सय २१ परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो ।

यस्तै, धर्मशान्ति नेपालले बुधबारै ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर २ का भूकम्पपीडित तथा इँटा भट्टामा कार्यरत मजदुरहरुलाईसमेत राहत वितरण गरेको छ ।

सो क्षेत्रका भूकम्पपीडितमध्ये ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, दलित, जनजातिलगायतका समुदायलाई लक्षित गरी राहत वितरण गरिएको धर्मशान्ति नेपालकी अध्यक्ष इन्दिरा मानन्धरले बताइन् ।

भूकम्पपछि पीडितको राहतका लागि धर्मशान्ति नेपाल विभिन्न कार्यक्रमकासाथ लागिपरेको भन्दै उनले कठ्यांग्रिदो जाडोबाट बच्न न्यानो कपडा वितरण गरेको बताइन् ।

सो वडामा ३ सय २८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । सोमध्ये आर्थिक स्रोत कमजोर भएका १ सय १० परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell