top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

रंगेलीमा मारिएकाका परिवारलाई आर्थिक सहयोग  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  6:44 PM  |  Viewed: 1147 times

विराटनगर, माघ १३ । मोरङको रंगेलीमा माघ ७ गते प्रहरीको गोली लागी मृत्यु भएका दुईजनाका परिवारलाई पठनपाठनका लागि बुधबार आर्थिक सहायता प्रदान गरिएको छ ।

साइ सेवा समाजको तर्फबाट डा. सुन्दरमणि दीक्षितले सातजना बालबालिकाको पढाइका लागि २ लाख ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

महादेव ऋषिदेवका दुई छोरा र दुई छोरीका लागि १ लाख ५० हजार र शिवु माझीका दुई छोरा र १ छोरीका लागि १ लाख रुपैयाँ दिइएको हो ।

यसैगरी, सविता अग्रवाल मेमोरियल ट्रष्टले पनि शिवु माझीका एक सन्तानलाई कक्षा ११ सम्मको निःशुल्क अध्ययनका लागि सहयोग गर्ने बताएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell