top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

२५ जिल्लामा गरिब परिचयपत्र बाँडिने  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  6:56 PM  |  Viewed: 2528 times

काठमाडौं, माघ १३ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न २५ जिल्लामा गरिब नागरिकको पहिचान गरी गरिब परिचयपत्र वितरण गर्ने भएको छ ।

मन्त्रालयका अनुसार घर समन्वय बोर्डमार्फत् विभिन्न २५ जिल्लामा गरिब पहिचानका लागि काम अगाडि बढाइसकेको छ । उनीहरुका लागि सामाजिक सुरक्षण कार्यक्रम सन्चालन गर्ने तयारी भइरहेको छ ।

मन्त्रालयले अहिलेसम्म १२ लाख ४० हजार घर–परिवारमा सर्वेक्षण गरिसकेको र यसमध्ये तीन लाख ५६ हजारलाई गरिबको वर्गमा राखिसकेको छ ।

तीमध्ये १२.५ प्रतिशतलाई अति गरिब, ३० प्रतिशतलाई गरिब र २० प्रतिशतलाई जोखिममा परेका गरिब भनेर वर्गीकरण गरिएको छ ।

उक्त कार्यक्रमबारे जानकारी दिँदै मन्त्रालयका उपसचिव बाबुराम भुसालले विभिन्न १५ मन्त्रालयसँग समन्वय गरेर गरिबी निवारणका लागि सामाजिक सुरक्षण कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell