top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

‘पपुवा न्यूगिनी महिलाका लागि संसारकै खराब’  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  7:20 PM  |  Viewed: 9658 times

सिड्नी, माघ १३ । पपुवा न्यूगिनी महिलाका लागि संसारकै खराब देश भएको अधिकारवादीहरुले जनाएका छन् ।

उनीहरुले सो देशमा महिला हिंसा बढी हुने भन्दै विश्वका अन्य देशको तुलनामा यो देशमा महिलाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका हुन् ।

मानवअधिकारसम्बन्धी विश्व संस्था ‘ह्युमन राइट्स वाच’ले भनेको छ–‘ पपुवा न्यूगिनीमा महिलाकाविरुद्धमा घरायसी हिंसाको रुप चरम रहेको देखिएको छ र यसलाई संसारकै खराब अवस्थामा राख्न सकिन्छ ।’

महिलामाथि हिंसा गर्ने व्यक्तिलाई त्यहाँ सशक्तरुपमा कारबाही गर्न नसकिएको र त्यसका लागि प्रहरीले नै अग्रसरता नलिने गरेको पनि उनीहरुको भनाइ छ ।

उक्त अधिकार समूहका सदस्यले यस्ता अपराधीलाई प्रहरीले निकै थोरैमात्र कारबाही गर्ने गरेको पाइएको बताएका छन् ।

पपुवा न्यूगिनी महिलाका लागि संसारकै सबैभन्दा खराबरुपमा हिंसा हुने देश हो र त्यहाँका अधिकांश महिलाले लैंगिक हिंसा एवम् यौनजन्य हिंसा ब्यहोर्ने गरेका छन् ।

यस समूहको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा भनिएको छ–‘यहाँका कम्तीमा पनि ७० प्रतिशत महिलाले आफ्नो जीवनकालमा कम्तीमा पनि एकपटक बलात्कार हुने वा यौन हिंसामा पर्ने गरेका छन् ।’

यस्तो भयानक अवस्थापछि सन् २०१३ मा पारिवारिक एवम् महिला संरक्षण ऐन जारी गरिएको थियो । तर, सो ऐनबमोजिम निकै थोरै मात्र अपराधी कारबाहीमा परेका छन् ।

सरकारले पनि यस्ता अपराधीलाई कडा कारबाहीका लागि पहल गर्ने गरेको जनाएको तथा ऐनले नै यस्तो व्यवस्था गर्ने गरेको भएपनि व्यवहारमा कानुनको कार्यान्वयन नहुने गरेको बताइएको छ ।

उक्त विश्व संस्थाको पपुवा न्यूगिनी शाखाले बुधबार त्यहाँ सो सार्वजनिक गरेको प्रतिवेदनमा सो अवस्था पाइएको हो ।

उक्त देशका करिब ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि बाँचेको छ । उता, प्रहरीले भने पीडितसँग नै कारबाहीको सट्टा घुस माग्ने गर्दछ ।

त्यहाँका पीडित महिलाले प्रहरीमा उजुरी गरिए पनि प्रहरीले बेवास्ता गर्ने गरेको तथा कारबाहीका लागि घुस माग्ने गरेको अनुभव सो प्रतिवेदनमा बताएका छन् ।

महिलामाथि बोक्सी एवं टुनामुना गर्नेगरेको आरोप लगाउने र हरेक दिन कुनै न कुनै महिलामाथि यस्तो आरोपमा कुटपीटका साथै हिंसा गर्ने गरिएको पाइने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यसरी बोक्सीको आरोप लाग्ने गरेका महिलालाई आक्रमण गर्ने, गम्भीररुपमा कुटपीट गरी सार्वजनिकरुपमा फालिदिने वा उनीहरुको घरमा आगजनी गर्ने गरिएको निकै नै क्रुर प्रकृतिका घटना हुने गरेको पाइएको पनि उक्त प्रतिवेदनमा जनाइएको छ ।

यसका कारण महिलामाथिको यस्तो दुर्ब्यबहारले गर्दा यस देशले अन्तर्राष्ट्रिय कानुन एवं महिला तथा बालिकाको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको पालना पनि नगर्ने गरेको सूचीमा यस देश पुगेको छ ।

त्यसैले यस्तो हिंसाको अन्त्यका लागि विश्व समुदायमार्फत् उक्त समूहले त्यहाँको सरकारसमक्ष आग्रह गरेको छ ।

महिलामाथि हुने गरेका यस्ता जघन्य अपराधको अन्त्यगरी अन्तर्राष्ट्रिय नीति र कानुनको कडाइकासाथ पालना गर्न सो देशसमक्ष उक्त अधिकारवादी समूहले आग्रह गरेको छ । रासस/एएफपी

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell