शेयर बजार ऋणात्मक | Published: January 27, 2016 | बुद्धबार 13 माघ, 2072 | 7:23 PM | Viewed: 273 times
काठमाडौं, माघ १३ । बुधबार पनि शेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से करिब डेढ अंकले ऋणात्मक रही १२ सय १६ दशमलव नौ छ कायम भएर थामियो । कारोबार भएका मध्ये बढिजसो समूह रातो रहेसँगै नेप्से रातो रहन गएको हो ।
यसदिन जलविद्युत्, बीमा, अन्य र वाणिज्य बैंक समूह ओरालो लागे । जलविद्युत् समूह सबैभन्दा
उच्च ८ अंकले झर्यो भने बीमा समूहमा ७ अंकको गिरावट आयो ।
होटल, विकास बैंक र वित्त समूह भने हरियो रहे । होटल समूहमा सबैभन्दा उच्च २१ अंकको बृद्धि आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय कम्पनीको ६ लाख २४ हजार कित्ता शेयर ३६ करोड ४६ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।