top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

क्लियरिङ बैंक थप गर्ने व्यवस्था गर्न निर्देशन  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  7:45 PM  |  Viewed: 312 times

काठमाडौं, माघ १३ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई क्यिरिङ बैंक थप गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

बोर्डले बुधबार विज्ञप्ति जारी गरी हाल कारोबारको आकार उल्लेख्यरुपमा बढेको र सेवासमेत विस्तार भएको परिप्रेक्षमा क्यिरिङ बैंक थप गर्ने व्यवस्था गर्न निर्देशन दिएको जनाएको हो ।

२०५० सालमा सेवा सुरु हुँदा नेप्से एउटाले मात्र क्लियरिङ गर्ने गरेकोमा हालपनि एउटै सीडीएस एन्ड क्लियरिङ लि.ले राफसाफ तथा फछ्यौट कार्य गर्दै आएको छ ।

बोर्डले  यथाशक्य चाँडो र ढिलोमा २०७३ वैशाख १ गतेसम्ममा कम्तीमा तीनओटा क्लियरिङ बैंकको व्यवस्था गर्नका लागि नेप्से र सीडीएस एन्ड क्लियरिङ लि.लाई निर्देशन दिएको हो ।

क्लियरिङ बैंकको संख्या बृद्धि भएपश्चात लगानीकर्ताहरुले प्रतिस्पर्धी एवं गुणस्तरीय सेवा प्राप्त गर्ने र यसले बजारको विस्तारलाई थप सहयोग गर्नुका साथै अनलाइन कारोबार सुरुआतको लागि आधारस्तम्भकोसमेत कार्य गर्ने बोर्डको अपेक्षा रहेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell