top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

डीजेपीएलले ‘दिव्यम डिभिजन’ स्थापना गर्ने, १० करोड लगानी थपिने  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  7:46 PM  |  Viewed: 416 times

काठमाडौं, माघ १३ । देउराली–जनता फर्मास्यूटिकल्सले अति आवश्यकीय औषधिमा स्वदेशी उत्पादन बढाइ आत्मनिर्भरता उन्मुख हुने लक्ष्यकासाथ १० करोड रुपैयाँ लगानी थप गरी ‘दिव्यम डिभिजन’ स्थापना गर्ने भएको छ ।

कम्पनी स्थापनाको २५ वर्ष पूरा भएको अवसर पारेर कम्पनीमै १० करोड लगानी विस्तार गरी दिव्यम डिभिजन स्थापना गर्न लागेको होे ।
/>
रजतजयन्तीको अवसर पारेर नयाँ योजना सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक हरिभक्त शर्माले पाचनप्रणाली र कलेजोसम्बन्धी औषधि उत्पादन गर्न नयाँ डिभिजन स्थापना गर्न लागिएको बताए ।

उनले नाकाबन्दीका बेला अति आवश्यक पर्ने औषधिको अभाव भएपछि त्यस्ता औषधि आफूले उत्पादन गर्न लागेको पनि बताए । त्यसका लागि थप ५० करोड रुपैयाँ लगानी लाग्ने उनले बताए ।

हाल कम्पनीमा १ अर्ब २० करोड रुपैयाँको लगानी रहेको बताइएको छ । २०४५ सालमा स्थापना भएको कम्पनीले सुरुमा ५० लाख रुपैयाँ लगानी गरेको थियो ।

डीजेपीएलको औषधिको बजार हिस्सा ५ प्रतिशत रहेको कम्पनीले जनाएको छ । नाकाबन्दीका कारण कम्पनीको ५० प्रतिशत उत्पादन घटेको र ३० प्रतिशत बजार घटेको शर्माले बताए ।

हाल कम्पनीले तीन सयथरिका औषधि उत्पादन गर्दै आएको जनाएको छ । विद्युत् र इन्धन अभावले उत्पादन क्षमताको ५५ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell