top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी फाईनलमा  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  7:39 AM  |  Viewed: 955 times

काठमाडौं, माघ १४ । एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी क्यापिटल वान कप अर्थात इङ्गलिस लिग कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पहिलो लेगको खेलमा एभर्टनसँग २-१ ले पराजित सिटीले बुधबार राती आफ्नै मैदानमा भएको दोस्रो लेगको खेल ३-१ ले जित्दै समग्रमा ४-३ को नतिजाको साथ फाईनलमा ठाँउ बनाएको हो ।

justify;">सिटीले अब फाईनलमा लिभरपुलको सामना गर्नेछ । यसअघि बुधबार भएको पहिलो सेमीफाईनल खेलमा स्टोक सिटीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै लिभरपुल फाईनलमा पुगेको थियो ।

लिभरपुल र म्यान्चेस्टर सिटीविचको लिग कप फुटबलको फाईनल खेल आगामी फेब्रुअरी २८ तारीखमा चर्चीत वेम्बले रंगशालामा हुनेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell