top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

विश्वकप क्रिकेटमा नेपाल र न्युजिल्याण्ड मैदानमा  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  10:25 AM  |  Viewed: 2278 times

काठमाडौं, माघ १४ । बंगलादेशमा जारी अन्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगितामा अहिले नेपाल र न्यूजिल्याण्ड खेलिरहेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल अहिले मैदानमा छ । नेपालले सन् २००६ मा न्यूजिल्याण्डलाई हराएर प्लेट च्याम्पियन बनेको थियो ।

नेपालले विभिन्न संस्करणमा टेष्ट मान्यताप्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेकाले आज पनि सोही लयलाई सम्हाल्दै विजयी सुरुवात गर्ने अपेक्षा गरिएको छ । नेपाल रहेको समूह डी मा न्यूजिल्याण्डसंगै भारत र आयरल्याण्ड छन् ।

यता प्रतियोगितामा आयोजक बंगलादेश र इङ्गल्याण्डले विजयी सुरुवात गरेका छन् । हिजो भएको उद्घाटन खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ४३ रनले पराजित गर्‍यो । यसैगरी इङ्गल्याण्डले फिजीलाई दुई सय ९९ रनको फराकिलो अन्तरले हरायो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell