जिका भाइरसको खोप सार्वजनिक रुपमा पाउन १० बर्ष लाग्ने | International news | Image Khabar  top
ImageKhabar
शनिबार, 2 भदौ, 2075 Saturday, August 18, 2018

ImageKhabar Archive

जिका भाइरसको खोप सार्वजनिक रुपमा पाउन १० बर्ष लाग्ने  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  8:27 AM  |  Viewed: 791 times

काठमाडौं, माघ १४ । अमेरिकी मुलुकमा महामारीको रुपमा फैलिएको जिका भाइरसविरुद्धको खोप सार्वजनिक रुपमा उपलब्ध हुन अझै दश वर्ष लाग्न सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

जिका भाइरसविरुद्धको खोपका विषयमा अनुसन्धानरत अमेरिकी वैज्ञानिकले खोप बनाएर सार्वजनिक प्रयोगमा ल्याउन अझै एक दशक लाग्न सक्ने बताएका हुन् ।

justify;">यस भाइरसले गर्भमा रहेको शिशुका मस्तिष्कमा नकारात्मक असर पार्ने गर्दछ । यसबाट मस्तिष्कको पूर्ण विकास नभएको शिशु जन्मिने तथा मृत्यु नै हुन सक्ने खतरा रहन्छ ।

अमेरिकी तथा क्यारवियन क्षेत्रका २१ भन्दा बढी देशमा यस भाइरसको संक्रमण फैलिसकेको छ । ब्राजिलमा यसले महामारीको रुप लिएको छ ।

जिका भाइरसविरुद्धको खोपको विषयमा अनुसन्धान गरिरहेका अमेरिकाको टेक्सास विश्व विद्यालयका वैज्ञानिकले ब्राजिलको प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

परीक्षणका लागि खोप तयार गर्नै दुई वर्ष लाग्ने जनाइएको छ । सार्वजनिक प्रयोगमा ल्याउन त अरु दब वर्ष लाग्ने उनीहरुको भनाइ छ । एडिस ईजिप्टाई प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने यस भाइरसको महामारी गत वर्षको मेदेखि ब्राजिलमा तीव्र रुपमा फैलिरहेको छ ।

अनुसन्धानकर्ताले अरु माध्यमबाट पनि यो भाइरस सर्ने सम्भावना रहेको बताएका छन् । हल्का ज्वरो आउने, आँखामा संक्रमण हुने र टाउको दुख्ने रोगका लक्षण हुन् ।

कोलम्बिया, ईक्वेडर, एल साल्भाडोर र जमैकाले भाइरसबारे थप जानकारी नआउन्जेल गर्भवती नहुन गत हप्ता आम जनतामा अपील गरेका थिए । विश्व स्वास्थ्य संगठनको एडिस ईजिप्टाई लामखुट्टे पाइने सबै देशमा रोग फैलन सक्ने तर्फ सचेत गराएको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell