top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

शुक्लाफाँटा आरक्षमा बाघ गणना सुरु  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  8:33 AM  |  Viewed: 222 times

भीमदत्तनगर, माघ १४ । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बुधबारदेखि बाघ गणना सुरु भएको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय मझँगाउँका अनुसार विगत वर्ष झैं यस वर्ष पनि ‘क्यामरा ट्र्यापिङ’ प्रविधिबाट बाघ गणना सुरु गरिएको हो । ‘हामीले आरक्षलाई विभिन्न समूहमा विभाजन गरेर एक महिनाभित्र गणना गर्ने योजना बनाएका छौँ,’ शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भने ।

गणनाका लागि आवश्यक प्रशिक्षणपछि आरक्षको स्थानीय कर्मचारीको टोली गणनामा जुटेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए ।

उनका अनुसार २४ जना कर्मचारी यसका लागि परिचालन हुनेछन् र सबै योजनाका साथ प्रविधि र हात्तीको सहायताले गणना हुन्छ । करिब ३०५ वर्गकिलोमिटर क्षेत्र फैलिएको आरक्षका सम्भावित क्षेत्रमा गणना कार्यलाई प्राथमिकतामा राखेको आरक्ष कार्यालयले जनाएको छ ।

आरक्षमा विगत ८ वर्षदेखि बाघ गणना कार्य हुँदै आएको छ । अघिल्लो वर्ष गरिएको बाघ गणनामा शुक्लाफाँटामा १७ वटा बाघ फेला परेकोसमेत कार्यालयले जनाएको छ । बाघ गणना कार्यमा आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानी बक्स गण, मझँगाउँ ब्यारेक र जिल्ला वन कार्यालय कञ्चनपुर पनि सहभागी हुनेछन् । ‘गणनाको टोलीलाई हाम्रो सुरक्षाका साथै हाम्रो पनि सहभागिता रहन्छ,’ भवानी बक्स गणका गणपति प्रमुख सेनानी उत्तम थापाले भने, ‘आरक्षको चौतर्फी सुरक्षामा सेना तैनाथ छ ।’ (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell