top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

आहा रारा गोल्डकपमा मनाङ मस्र्याङ्दी र झापा ११ भिड्ने  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  9:31 AM  |  Viewed: 413 times

काठमाडौं, माघ १४ । पोखरामा जारी १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा आज मनाङ मस्र्याङ्दी क्लवले झापा ११ सँग खेल्नेछ ।

क्वार्टरफाइनलमा भारतको गोर्खा ब्रिगेडलाई हराएर मनाङ्ग तथा बंगलादेशी क्लबलाई हराउँदै झापा सेमिफाइनलमा पुगेका हुन् । मनाङ र झापाविच आज हुने सेमिफाईनल खेल विजेताले उपाधिको लागि त्रिभुवन आर्मी क्लवसँग खेल्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा आयोजक सहारा क्लवलाई २÷० ले हराउँदै आर्मीले फाइनलमा ठाउँ पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फ गोल नभएपछि थपिएको २० मिनेटको समयमा सन्तोष तामाङ्ग र दीप लामाले गोल गर्दै आर्मीलाई जिताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell