top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

पूर्वाञ्चलका विभिन्न स्थानबाट लागू औषधसहित पक्राउ  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  10:35 AM  |  Viewed: 174 times

विराटनगर, माघ १४ । प्रहरीले पूर्वाञ्चलमा ठूलो परिमाणमा लागू पदार्थसहित कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चार केजी चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।

मोरङको रङ्गेली–८ निवासी २५ वर्षीया कोपिला तामाङ (अस्मिता)का साथबाट उक्त परिमाणको लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा अगाडि सीमा नाकामा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बुधबार भारतबाट नेपालतर्फ आउँदै गरेकी तामाङका साथबाट लागुऔषध चरेस फेला परेको र उनीमाथि थप अनुसन्धान गरिरहेको बताएको छ ।

त्यसैगरी झापाको शनिअर्जुन नगरपालिका–४ बस्ने २२ वर्षीय सुजन आङ्दाम्बेलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीले उनका साथबाट अन्दाजी दुई ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका आङ्दाम्बेलाई थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।

त्यस्तै सिरहाको गोलबजारबाट लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले ब्राउनसुगरसहित सिरहाको गोलबजार नपा–६ निवासी २० वर्षीय भक्ति राई, २२ वर्षीय गोरे भन्ने बिमल छारापाने र १९ वर्षीय सुजन थापा मगरलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट एक ग्राम २० मिलिग्राम ब्राउन सुगर, नगद रु ५५ हजार ४१० तथा लागुऔषधमा प्रयोग गरिने विभिन्न सामग्री बरामद भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जनाएका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell