प्रधानमन्त्रीका बोली र शैली कारण एमाओवादीका मन्त्रीहरु अफ्ठ्यारोमा | Published: January 28, 2016 | बिहीवार 14 माघ, 2072 | 10:59 AM | Viewed: 569 times
काठमाडौं, माघ १४ । एकीकृत माओवादीको बैठक आज पनि बसेको छ । सरकारी कामकाजबाट असन्तुष्ट देखिएको एमाओवादीले आफ्ना मन्त्रीहरुको पनि आलोचना गरेका बेला आज(बिहीबार)को बैठकमा मन्त्रीहरुलाई त्रुटी सच्चाएर निर्णयहरु लिन निर्देशन दिने बताइएको छ ।
जन अपेक्षा अनुसार काम गर्न नसकेपछि सरकारमा सामेल टीमको पार्टीभित्र आलोचना बढेको
छ । स्वयं प्रधानमन्त्रीका बोली र शैली कारण काम गर्न अफ्ठ्यारो भएको मन्त्रीहरुले बताएका छन् ।
यसअघि बुधबार बसेको बैंठकमा नेताहरुले सरकार र आफ्ना मन्त्रीबाट जनचाहना बमोजिम काम नभएको भन्दै आलोचना गरेका थिए ।
कतिपय सदस्यले सरकारबाट बाहिरिनुपर्ने मत समेत राखेका थिए । कालोबजारी र भ्रष्टाचार नियन्त्रण गरेर जनपक्षीय काम गर्न नसकेको भन्दै उनीहरुको आलोचना भएको हो ।