top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

कांग्रेस महाधिवेशनमा होमियो, शुक्रबार गाउँ र नगरको अधिवेशन  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  11:13 AM  |  Viewed: 230 times

काठमाडौं, माघ १४ । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नो १३ औं महाधिवेशनमा होमिएको छ । भोली(शुक्रबार) १५ गतेदेखि कांग्रेसले देशभरका गाउँ र नगरपालिका इकाई कमिटीको अधिवेशन गर्दैछ ।

स्थानीयस्तरबाट प्रतिनिधि छान्दै सुरु हुने कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी फागुनमा हुँदैछ । निकै विवादित रहेको केही जिल्ला र स्थानका क्रियाशील सदस्यको नामावली स्थगनमा राखेर कांग्रेस स्थानीय अधिवेशनमा जुटेको हो ।

केही जिल्ला र स्थानका कांग्रेस समर्थकको नयाँ क्रियाशिल सदस्यता स्थगन गरेर पुराना नवीकृत सदस्यलाई मात्र मान्यता दिइएको छ । महाधिवेशनमा देशभरका चार लाख ७० हजार ६५५ क्रियाशील सदस्यले एकसाथ भाग लिँदै छन् ।

अघिल्लो १२औं महाविधेशनमा यो संख्या तीन लाख १३ हजार ८३६ मात्र थियो । जसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका हुन् ।

१३औं महाधिवेशनका लागि थप दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

अघिल्लो महाधिवेशनका करीब ६० हजार क्रियाशीलले यस पटक सदस्यता नवीकरण गरेनन् । विभिन्न देशमा रहेका काँग्रेसका नेपाली जनसम्पर्क समितिमार्फत प्राप्त निवेदनका आधारमा ११ हजार ७४ जनाले क्रियाशील सदस्यता पाएका छन् ।

भोलि गाउँ र नगरपालिका स्तरमा स्थानीय इकाई गठन तथा बुथ प्रतिनिधि चयन गरेपछि कांग्रेसले आगामी २२ गते क्षेत्रीय अधिवेशन गर्ने छ ।

क्षेत्रबाट महाधिवेशन प्रतिनिधिसहित क्षेत्रीय कमिटी गठन गरेपछि जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न गर्ने कांग्रेसले जनाएको छ । केन्द्रीय महाधिवेशन भने फागुन २० देखि २३ गते काठमाडौंमा सम्पन्न हुनेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell