top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

लेकैमा साईकल सरर....  |  Published: March 12, 2011  |  शनिबार 28 फागुन, 2067  |  4:22 AM  |  Viewed: 861 times

विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साईक्लीङ प्रतियोगिताहरु मध्यको एक याक अट्याक साइक्लीङ रेसको पाँचौं संस्करण नेपालमा जारी छ । काठमाडौंको शिवपुरीदेखी मुस्ताङको तातोपानिसम्म चल्ने प्रतियोगीताको पहिलो चरण अजय पण्डीत क्षेत्रीले जितेका छन् ।

बुढानिलकण्ठस्थीत शिवपुरी देखी नुवाकोट सम्मको पहिलो चरणको रेश १ घण्टा ५५ मिनेट २३ सेकेण्डमा सकाँउदै नेशनल च्याम्पीयन एवं पुर्व विजेता क्षेत्रीले शुरुवाती अग्रता लिएका हुन् । उनीभन्दा २ सेकमेण्ड मात्रै ढिला रेश सकाएका राजकुमार श्रेष्ठ दोस्रो भएभने २ घण्टा २ मिनेट १९ सेकेण्डमा रेश सकाएका नारायण गोपाल महर्जन तेस्रो भए ।

डन टिल डस्क माउन्टेन बाईकको प्राविधिक सहयोग र एक्सट्रिम वल्र्ड च्यालेञ्जको आयोजनामा विगत चार बर्ष देखि हुँदै आएको याक अट्याक्क ईन्टरनेशनल बाइकिङ्ग सिरिजको यो संस्करणमा कुल २० खेलाडी सहभागी छन् । नेपालका ११ सहित बेलायत, अष्ट्रेलिया, फ्रान्स र दक्षीण अफ्रिकाका खेलाडी सहभागी यो साहसीक रेस समुन्द्रि सतहबाट ५ हजार ४ सय १६ मिटर उचाई छिचोल्दै मुस्ताङको तातोपानी पुगेर सकिनेछ । कुल चार सय नौ किलोमिटर लामो दश दिने प्रतियोगिता काठमाडौंबाट नुवाकोट हुँदै गोर्खा, धादिङ्ग, लमजुङ्गको बेशिशहर, मनाङ्गको ताल, चामे, थोराङ्गफेदी, थोराङ्ग पास, मुस्ताङ्गको मुक्तिनाथ हुँदै मुस्ताङ्गकै तातोपानीमा पुगेर समापन हुने छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell