top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

टोटनह्यामको सरप्राईज यात्रा  |  Published: March 11, 2011  |  शुक्रबार 27 फागुन, 2067  |  7:26 AM  |  Viewed: 747 times

जर्मनीको शाल्का र इंग्ल्याण्डको टोटनह्याम यस वर्षको युएफा च्याम्पीयन्स लिग फुटब्ल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।युरोपीयन क्लव फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पीयन्स लिग अन्तर्गत गएरातीको खेलमा शाल्काले स्पेनको भ्यालेन्सीयालाई ३÷१ ले हरायो ।आप्mनै मैदानमा हात पारेको दोस्रो लेगको यो सहज जीतपछि शाल्काले समग्रमा भ्यालेन्सीया विरुद्धको खेल ४÷१ ले आप्mनो पक्षमा पा¥यो ।च्याम्पीयन्स लिग फुटकल अन्तर्गत गएरातीको अर्को खेलमा इंग्ल्याण्डको टोटनह्याम हट्सपरले ईटालीको एसी मिलानलाई बराबरीमा रोकेको छ । पहिलो पल्ट च्याम्पीयन्स लिग खेलिरहेको टोटनह्याम र सात पल्टको युरोपीयन च्याम्पीयन मिलान विचको पहिलो लेगको खेलमा टोटनह्याम एक शुन्यले विजयी भएको थियो ।गएरातीको बराबरीपछि समग्रमा खेल १÷० ले आप्mनो पक्षमा पार्दै टोटनह्याम प्रतियोगिताको क्वाटरफाईनलमा पुगको हो । च्यम्पीयन्स लिग अन्तर्गत यसअघिका खेलहरु जित्दै स्पेनको वार्सीलोना र युक्रेनको शख्तर डोनेट्स्क पनि क्वाटरफाईनल पुगिसकेका छन् । क्वाटरफाइनल पुग्ने अन्य टालीहरुको टुंगो अर्को हप्ता लाग्नेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell