top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

अपराजित भारत सुपर आठ नजिक  |  Published: March 12, 2011  |  शनिबार 28 फागुन, 2067  |  10:51 AM  |  Viewed: 964 times

दशौं विश्वकप क्रिकेटअन्तर्गत नेदरल्याण्डस् विरुद्धको खेलमा भारत विजयी भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न ग्रुप बी को खेलमा भारतले नेदरल्याण्डस्लाई ५ विकेट पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डस्ले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । नेदरल्याण्डस्का लागि कप्तान पिटर बोरनले ३६ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ३८ रन बनाएका थिए ।  बलिङतर्पm भारतका जाहिर खानले ३ विकेट लिए भने युवराज सिंह र पियूष चावलाले २, २ विकेट हात पारेका थिए ।जवाफमा भारतले १ सय ९० रनको विजयी लक्ष्य ५ विकेट गुमाउँदै पूरा ग¥यो । भारतका लागि युवराज सिंहले अविजित ५१ रन बनाए भने वीरेन्दर सहवागले ३९ रनको योगदान दिए । बलिङतर्फ नेदरल्याण्डस्का पिटर सिलरले ३ विकेट हात पारे । भारतले अर्को खेल दक्षिण अफ्रिकासँग खेल्नेछ ।
 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell